अविरल वर्षासंगै आएको बाढी र पहिरोले देशका विभिन्न भागमा सडक अवरुद्ध

  • नेपाल राष्ट्रिय दैनिक
  • June 9, 2022
pahiro 2

लगातार परेको पानीको कारण पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिनबाट करिब दुई किलोमिटर काठमाडौंतर्फको सडक खण्डमा पर्ने घोप्टे भीरमा गए राति करिब ११ बजे तिर खसेको पहिरोले सडक अवरुद्ध भएको छ।

पहिरो हटाउन एक्स्काभेटर र डोजर तयारी अवस्थामा राखेको भएपनि,अविरल वर्षाको कारण ठूलाठूला ढुंगासहितको पहिरो निरन्तर खसिरहेकाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पानी पर्न रोकिए पनि ठूलाठूला ढुङ्गासहित खसेको पहिरो सडकमा थुप्रिएकाले पहिरो हटाउन समय लाग्ने देखिन्छ।

त्यस्तै चितवनको इच्छाकामना गाउँपालिका–६ अन्तर्गत पर्ने तोपेखोलास्थित नाम्सी पुलमा पनि पहिरो खसेको कारण मुग्लिन नारायणगढ सडक खण्ड पनि अबरुद्ध भएको छ।
त्यसैगरी हिजो रातिदेखि परेको अविरल वर्षाको कारण आएको बाढि र पहिरोले मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ–गलकोट सडकखण्डको दर्जन भन्दा बढि स्थानमा सडक अवरुद्ध भएको छ । काठखोला गाउँपालिका–५ को घोडाबाँधे देखी गलकोट नगरपालिका–१ दुदिलाभाटी र वडा नं. २ नरेठाँटी क्षेत्रमा पर्ने लोकमार्ग खण्डमा दर्जन बढि स्थानमा आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हाे ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५