बाल यौन दुरुपयोगको मुद्दामा पल शाहलाई साढे २ वर्षको कैद सजाय

  • नेपाल राष्ट्रिय दैनिक
  • २१ भाद्र २०७९, मंगलवार २०:४५
paul shah 1

जिल्ला अदालत, नवलपुरले अभिनेता पल (पूर्ण विक्रम) शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको सजाय सुनाएको छ ।

शाहलाई अदालतले बलात्कारको मुद्दामा सफाइ दिएको फैसला गरेपनि बाल यौन दुरुपयोगको मुद्दामा भने दोशी करार गरेको हो। यज्ञप्रसाद आचार्यको इजलासले पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन र २५ हजार रुपैयाँ जरिवाना तिराउनेगरि फैसला सुनाएको हो ।

अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा अढाई वर्ष कैदको फैसला गरेपछि शाहले पुनरावेदन गर्ने उनको वकिलले बताएका छन्।

”पल शाहले पनि मैले करणी गरेकै छैन भनेका छन्। पीडित भनिएका नाबालिगले पनि मसँग पल शाहले करणी नै गरेका छैनन्, हाम्रो बीचमा त्यस्तो सम्बन्ध नै छैन भनिसकेकी छन्। यो अवस्थामा पनि बाल यौन दुरुपयोग भनेर अढाई वर्ष कैदको फैसला न्यायसंगत नभएको र कसुर प्रमाणित हुनु पर्ने शाहका वकिलले बताएका छन्।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५