मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

  • नेपाल राष्ट्रिय दैनिक
  • June 2, 2022
1623329296 pradesh2

मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ। छलफलका लागि दिउँसो १ बजे बैठक आहवान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त नवौँ अधिबेशन आह्वानसम्बन्धी पत्र सभामुखले बाचन गरी सुनाउने, विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने, प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव पेश गर्ने र आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट सम्बन्धि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभामा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५