भारतविरुद्ध बदला लिने अल-कायदाको चेतावनी

  • नेपाल राष्ट्रिय दैनिक
  • June 8, 2022
Flag of Jihad. al queda

भारतीय जनता पार्टी (भाजपा)की प्रवक्ता नुपुर शर्माले पैगम्बर मुहम्मदको बारेमा गरेको टिप्पणीको जवाफमा आतंकवादी समूह अल-कायदाले आत्मघाती हमला गर्ने धम्की दिएको छ।

एक पत्र जारी गर्दै अल-कायदाले दिल्ली, मुम्बई, उत्तर प्रदेश र गुजरात राज्यहरूलाई निशाना बनाइने जनाएको छ । समूहले आत्मघाती बम प्रयोग गर्ने र हिन्दू राजनीतिज्ञहरूलाई आक्रमण गर्ने बताएको छ।

मे २६ मा शर्माले एक टिभि बहसमा पैगम्बर मुहम्मदको बारेमा व्यक्त गरेको कुराहरु भाइरल बनेपछि धेरै मुस्लिम देशहरूले उनको निन्दा गरेका छन् ।शर्माले पछि ट्विटरमा माफी माग्दै आफूले कहिल्यै कसैको धार्मिक आस्थाको अपमान गर्न नचाहेको बताएकी थीइन।

यद्यपि, उनको माफीले मुस्लिम क्रोधलाई शान्त पार्न असफल भयो, जुन आज भारतभन्दा बाहिर समेत फैलिएको छ। आज सम्म, इन्डोनेसिया, यूएई, माल्दिभ्स, जोर्डन, बहराइन, लिबिया, कतार, कुवेत, इरान, साउदी अरेबिया, ओमान र अफगानिस्तान सबैले शर्माको टिप्पणीको बारेमा आधिकारिक गुनासो दर्ता गरेका छन्।

RT बाट अनुवादित अंश

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५