मन्त्रिपरिषद पुनर्गठन:मन्त्रीमण्डलमा एकीकृत समाजवादीका नयाँ अनुहार

  • नेपाल राष्ट्रिय दैनिक
  • June 26, 2022
pradhanmantri karyalay mantrparishad

राष्ट्रपति कार्यालयले संबिधानको धारा ७६ को उपधारा ९ र धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नयाँ मन्त्रीहरु नियुक्त गरेको जनाएको छ।
पार्टीबाट पुराना मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रि नियुक्त गर्ने नेकपा एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको हो।

मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्रै आन्तरिक विवाद चुलिएको लामो समयपछि एकीकृत समाजवादीले नयाँ अनुहारहरुलाई मन्त्रीमण्डलमा समावेश गरेको हो । शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, श्रम मन्त्री किसान श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर एकीकृत समाजवादीकै नयाँ अनुहारहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री,मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरिएको छ।

mantriparishad
Share :
TU Tribhuvan University

त्रिविको ताला खुलाउन सर्वोच्चको आदेश

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि जारी तालाबन्दी खुलाउन सर्वोच्च अदालतले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा बुधबार अन्तरिम आदेश जारी गरेको छ । तालाबन्दी नगर्नु/नगराउनु, ताला लगाएको भए खोल्नु/खोलाउनु भनेर अन्तरिम आदेश जारी गरेको त्रिविका कानुनी सल्लाहकार नारायण खनालले बताएका छन् । अधिवक्ता महेश भट्टराईलगायतले त्रिविको उपकुलपति, रेक्टर, रजिष्ट्रार, सेवा आयोगलगायत कार्यालयमा भएको तालाबन्दी खुलाउन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५