दैनिक साढे ७ करोडको बिजुली भारत निर्यात

  • नेपाल राष्ट्रिय दैनिक
  • २६ जेष्ठ २०७९, बिहीबार १३:०७
electricity urja bijuli

नेपाल विधुत प्राधिकरणले दैनिक करिब साढे ७ करोडको बिजुली भारत निर्यात गर्न थालेको छ।

प्राधिकरणका अनुसार मर्स्याङ्दी र मध्यमर्स्याङ्दीबाट उत्पादित बिजुलीले भारतीय ऊर्जा एक्स्चेन्ज बजारमा प्रवेश पाए लगत्तै रातको समयमा खपत हुन नसकेको बिजुली निर्यातको आंकडा बढेको हो।

३६४ मेगावाटसम्म बिजुली निर्यातको अनुमति पाएको प्राधिकरणले त्रिशुली जलविधुत आयोजनाको २३, देवीघाट जलविधुत आयोजनाको १४.३९ , कालिगण्डकी जलविधुत आयोजनाको १३८.९१, मर्स्याङ्दी जलविधुत आयोजनाको ६६.१४ र मध्यमर्स्याङ्दी जलविधुत आयोजनाको ४१.८१ मेगावाट गरि करिब २८४ मेगावाट बिजुली भारतीय बजारमा निर्यात गरिरहेको छ। यसबाट नेपालले एक दिनमै करिब ७ करोड ५२ लाखसम्म आम्दानी गर्नेछ ।

भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक–फरक तय हुनेछ ।

Share :
adhyagaman bibhag immigration

धर्म प्रचारको आरोपमा धरानबाट १७ अमेरिकी र १ भारतीय नागरिक पक्राउ

काठमाडौँ — धर्म प्रचारको आरोपमा १७ जना अमेरिकी र १ जना भारतीय नागरिक पक्राउ परेका छन् । पर्यटक भिसामा आएर श्रमदानको आवरणमा धर्म प्रचार गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका-५, देउराली सौगातचोकस्थित प्रेरणा कल्याणकारी समाजको भवन बनाउने भन्दै श्रमदानमा आएका उनीहरूले धर्म प्रचार गरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५