सरकारले रकम उपलब्ध नगराउँदा अस्पतालको डायलाइसिस सेवा बन्द

  • नेपाल राष्ट्रिय दैनिक
  • September 4, 2022
nepalgunj medical college

सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द गरेको छ ।

स्वास्थ्य मन्त्रालयले १४ महिनादेखिको करिब २ करोड रुपैयाँ नपठाएपछि सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ। दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस गर्दै आएको नेपालगञ्ज मेडिकल कलेजले सेवा बन्द गर्दा बिरामीहरु मर्कामा परेका छन्।

बिरामीले डायलाइसिस गराउंदा २५ सय रुपैयाँको दरले निःशुल्क सेवा पाउँछन् र सो रकम सरकारले अस्पताललाई उपलब्ध गराउनु पर्छ । तर सरकारले समयमा रकम उपलब्ध नगराउंदा आवश्यक समान खरिद गरेर उपचार अगाडी बढाउन नसकेको कारण बिरामीहरु सेवाबाट वन्चित भएको अस्पतालले जनाएको छ ।यधपी एक हप्तालाई पुग्ने सामान मगाएर आज साँझबाट सेवा सुरु गर्ने अस्पतालले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५