पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटाको कार दुर्घटनामा मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • July 3, 2025
diaego jota

इंग्लिश क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डिएगो जोटाको कार दुर्घटनामा मृत्यु भएको छ। स्पेनको जामोरा प्रान्तमा भएको दुर्घटनामा जोटाको मृत्यु भएको हो।

२८ वर्षीय जोटा पोर्चुगिज राष्ट्रिय खेलाडी पनि हुन् र उनी इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेलिरहेका थिए। दुर्घटनाको विवरण अझै सार्वजनिक नभए पनि प्रारम्भिक जानकारी अनुसार कार नियन्त्रण बाहिर गई दुर्घटनाग्रस्त भएको थियो।

उनी आफ्नो भाइसँग कारमा थिए। दुवैको मृत्यु भएको छ। रिपोर्टका अनुसार दुर्घटनापछि कारमा आगो लागेको थियो। जोटाको केही दिन अघि मात्र विवाह भएको थियो।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५