चीनको सिजाङमा गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ५३ पुग्यो ६२ जना घाइते

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ पुष २०८१, मंगलवार १२:१७
china earthquake

काठमाडौँ- चीनको दक्षिणपश्चिमी सिजाङ स्वायत्त क्षेत्रको सिगाजे सहरको डिङ्ग्री काउन्टीमा मङ्गलबार बिहान गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य ६२ जना घाइते भएका छन् ।

केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा निगरानी गरिएको थियो। १० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।

सिजाङ मिलिटरी कमाण्डको सिगाजे मिलिटरी सब-कमाण्डलाई भूकम्पको केन्द्रतर्फ परिचालन गरिएको छ।सब-कमान्डले उद्धार कार्यमा भाग लिनका लागि प्रभावित क्षेत्रमा कर्मचारी तैनाथ गरिरहेको छ।

मङ्गलबार बिहान ११ः२५ बजेसम्म उपकमाण्डबाट १६० जनाको एउटा रेजिमेन्ट डिङ्ग्ये काउन्टीको जिजियाओ ब्रिजमा पुगेको छ भने ४० जनाको टोली डिङ्ग्री विमानस्थल नजिकका क्षेत्रमा पठाइएको छ ।

Share :
rabi lamichhane

रवि लामिछानेलाई १ करोड धरौटीमा छोड्न आदेश

बुटवल — रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलाई रूपन्देही अदालतले १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका हुन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५