बेलायती सेनामा नयाँ भर्ती भएकाहरूलाई राजकुमार एडवर्डले पद तथा गोपनीयताको शपथ गराए

  • नेपाल राष्ट्रिय दैनिक
  • February 7, 2025
Duke Adward in British Camp Pokhara 2 1024x576 1

पोखरा – नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवर्डले बेलायती सेनामा नयाँ भर्ती भएका २७४ नेपालीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।

हिन्दू धर्मशास्त्र अनुसार स्वस्तिशन्ति मन्त्रको पाठ गरेपछि, एडिनबर्गका ड्यूक र डचेसले पोखराको ब्रिटिश क्याम्पमा आयोजित एक समारोहमा नेपाली सैनिकहरूलाई शपथ गराएका छन् । उनीहरूले लामो समयदेखि सेवा गरिरहेका ब्रिटिश पूर्व सैनिकहरूलाई पदक तथा सम्मान समेत प्रदान गरेका छन् ।

राजकुमार एडवर्ड र उनकी श्रीमती निजी भ्रमणमा गत मंगलबार काठमाडौं आइपुगेका थिए। उनीहरू माघ २७ मा स्वदेश फर्कनेछन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५