नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ ।
निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैंसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैंसाले घटेको हो ।
भारतबाट घटेर आएको नयाँ मूल्यसूची अनुसार अब निगमको सञ्चालक समितिको बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने छ ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्