राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा गर्न सरकारलाई निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • February 7, 2025
shikshya swasthya tatha suchana prabidhi samiti rastriya khelkud

काठमाडौं – सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नै गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिका सभापति अम्मर बहादुर थापाले समिति बैठकले कर्णाली प्रदेशमा आगामी चैत्र २३ गतेदेखि हुने राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको मितिमा नै गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिएको बताएका छन् ।

फाल्गुनमा नै राष्ट्रिय खेलकुद सम्पन्न गर्ने भनिएपनि विविध कारण चैत्रमा सार्नुपरेको भन्दै बैठकमा खेलकुद मन्त्री तेजुलाल चौधरीले ऐन कानुनको समस्याका कारण समयमा नै पूर्वाधार लगायतको तयारी गर्न नसकेको र मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबीच समन्वयन हुन नसकेको बताएका छन् ।

बैठकमा समिति सदस्यहरूले खेलकुद निकायबीच समन्वयन गरेर समयमा नै प्रतियोगीता सम्पन्न गर्न सरकारलाई सुझाव दिएका थिए । आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा समितिले युवा तथा खेलकुद मन्त्रालयसँग छलफल गरेको हो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५