राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

  • नेपाल राष्ट्रिय दैनिक
  • July 16, 2023
president ramchandra poudel

राष्ट्रपति रामचन्द्र पौडेलबाट ३ वटा आर्थिक विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रवक्ता शैलजा रेग्मी भट्टराइले जारि गरेको विज्ञप्तिमा,संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएका तीनवटा विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेको उल्लेख गरिएको छ।

प्रमाणीकरण गरिएको तिन वटा विधेयकमा,विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० रहेका छन्।विधेयक प्रमाणीकरण गरेसँगै आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा गएको छ।

rashtrapati president
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५