आजदेखि काठमाडौं र ललितपुरका केही स्थानमा बिजुली अवरुद्ध हुने

  • नेपाल राष्ट्रिय दैनिक
  • February 3, 2025
Nepal Electricity Authority bidhut

काठमाडौं – नेपाल विधुत प्राधिकरणले विधुत वितरण तार भूमिगत गर्ने कार्यका लागि काठमाँडौं उपत्यकाका केही स्थानमा आजदेखि विधुत सेवा अवरुद्ध हुने जनाएको छ ।

विधुत प्राधिकरणले सूचना जारी गर्दै आजदेखि यही माघ २९ गतेसम्म उल्लेखित स्थानहरुमा विधुत सेवा अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तरगतका विधुतीय तार भूमिगत गर्न लागेकोले उल्लेखित क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म
विधुत सेवा अवरुद्ध हुने जनाएको छ।

प्राधिकरणका अनुसार आज टंगाल वितरण केन्द्रअन्तर्गत भत्केको पुलको क्षेत्र, मंगलबार कलंकी फिडरअन्तर्गत कलंकी मालपोत कार्यालय आसपास, बुधबार बालकुमारी, इमाडोल तथा लुभु वरिपरिको क्षेत्रमा विधुत सेवा अवरुद्ध हुनेछ ।

यस्तै बिहीबार नैकापदेखि बलम्बुसम्मको क्षेत्र, २५ गते शुक्रबार बल्खु चोकदेखि चोभार गेटसम्मका क्षेत्र, २७ गते बाबा चोकदेखि क्रिकेट स्टेडियमसम्म, २८ गते गोशाला चोकदेखि पुरानो बानेश्वरसम्म र २९ गते रोतोपुलदेखि गौशालासम्मको क्षेत्रमा विधुत आपूर्ति बन्द हुनेछ ।

bidhut pradhikaran
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५