नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीनवटा र कमोडिटी एक्सचेन्जका लागी चारवटा निवेदन प्राप्त

  • नेपाल राष्ट्रिय दैनिक
  • April 24, 2023
sebon e1640526586332

काठमाडौं, वैशाख ११ : नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज बजार सञ्चालनका लागि तीनवटा र कमोडिटी एक्सचेन्ज बजार खोल्नका लागि चारवटा निवेदन प्राप्त गरेको छ ।

सेबोनका अनुसार हिमालय स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले स्टक एक्सचेन्ज कारोबार सुरु गर्न नियामकको स्वीकृतिका लागि निवेदन दिएका छन् ।

त्यसैगरी, नेपाल मल्टि कमोडिटी एक्सचेन्ज, हिमालयन कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टि एसेट्स डेरिभेटिभ एक्सचेन्ज र मल्टि डेरिभेटिभ एक्सचेन्जले कमोडिटी एक्सचेन्ज बजार सञ्चालन गर्न इच्छुक रहेका छन् ।

स्टक एक्सचेन्ज विद्यमान नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग समानान्तर संस्था हुने भए पनि कमोडिटी एक्सचेन्ज बजार देशभित्रै पहिलो र नयाँ संस्था हुनेछ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५