असार २२,काठमाडौँ — कोशी प्रदेश सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै नेकपा एमाले सर्वोच्च अदालतमा पुगेको छ ।
दलिय स्वार्थबाट तटस्थ रही संसदको कार्यसञ्चालन र अध्यक्षता गर्नुपर्ने जिम्मेवारी बोकेका सभामुखको समेत हस्ताक्षर जोडेर सरकार गठनमा बहुमत पुर्याएको भन्दै नेकपा एमाले सर्वोच्च अदालत पुगेको हो।
कोशी प्रदेशका एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशको सरकार गठनको विरुद्द रिट दर्ताका लागि काठमाडौं आइपुगेको र सर्वोच्च अदालतमा केहीबेरमा निवेदन दर्ता गर्ने बताएका छन् । एमालेले निवेदनमा संविधानको धारा १६८ (२) बाट निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ (३) अनुसार नयाँ सरकारको बाटो खोल्न परमादेश जारी गर्न माग गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्