अब मन नपरेका उम्मेद्द्वारलाई “नो भोट “

  • नेपाल राष्ट्रिय दैनिक
  • July 3, 2023
no vote

असार १८, काठमाडौँ- निर्वाचन आयोगको सोमबार बसेको बैठकले पहिलो पटक ‘नो भोट’ को प्रावधान समेटेर एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार पारेको छ।

निर्वाचन आयोगले तयार पारेको मस्यौदाको दफा २०५ मा भनिएको छ, ‘कुनै मतदाताले कुनै पनि उम्मेदवारलाई निजको समर्थन नरहेको भनी दफा ९५ को उपदफा (४) को खण्ड (घ) बमोजिम मतदान गर्न चाहेमा आयोगले कुनै पनि उम्मेदवारलाई समर्थन नरहने गरी मतदातालाई तोकिएबमोजिम मतपत्रमा मतदानको व्यवस्था गर्न सक्नेछ।’

आयोगले साविकको निर्वाचन सम्बन्धी कानुनमा परिमार्जन गरी ‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ नेपाल सरकार गृह मन्त्रालयमार्फत् संसदमा पेस गर्ने निर्णय गरेको छ ।

https://nepalrastriyadainik.com/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5-%e0%a4%9a%e0%a4%bf%e0%a4%a8%e0%a5%8d/
https://nepalrastriyadainik.com/%e0%a4%a4%e0%a5%80%e0%a4%a8-%e0%a4%a4%e0%a4%b9%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a5%81%e0%a4%a8%e0%a5%88-%e0%a4%8f%e0%a4%95-%e0%a4%9a%e0%a5%81%e0%a4%a8%e0%a4%be%e0%a4%b5%e0%a4%ae%e0%a4%be-%e0%a4%aa/
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५