सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच बाजुराको बुढीनन्दा नगरपालिका–९ स्थित अगाउँपानीमा झडप भएको छ। झडपले तनावपूर्ण बनेको स्थिति अझै पनि नियन्त्रण हुन सकेको छैन।
स्थिति नियन्त्रणमा लिन प्रहरीले २३ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको भन्दै कांग्रेसका कार्यकर्ताहरूले ढुगांमुढा गरेपछि झडप सुरुभएको प्रहरीले जनाएको छ।
झडपपछि पाण्डुसेनस्थित अस्थायी प्रहरी चौकीमा पुगेका समाजवादीका कार्यकर्ताहरुलाई प्रहरीले संरक्षण गरेको भन्दै कांग्रेसका कार्यकर्ताहरूले प्रहरी चौकी समेत तोडफोड गरेका छन्। स्थिति नियन्त्रणमा लिन अहिले थप नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ।
झडपमा १६ जना प्रहरी, र काँग्रेस र समाजवादीका २-२ जना कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्