सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ को मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ ।
डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ को मतदान केन्द्रमा भएको झडपको क्रममा मतपेटी तोडफोड भएको र मतदान अधिकृतलाई कुटपिट गरिएको घटनापछि निर्वाचन स्थगित भएको हो ।घटनामा मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।उहाँलाई उपचारका लागि जिल्ला सदरमुकाम राजविराज पठाइएको छ ।
घटनापछि निर्वाचन आयोग विभिन्न राजनीतिक दलको सर्वदलिय बैठकले जेठ १ गते पुन: मतदान गर्ने गरि आजको मतदान प्रक्रिया स्थगित गरेको हो। झडप हुनुभन्दा अगाडी सम्म सरिब २००० मत खसिसकेको जानकारी प्राप्त भएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्