संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप

  • नेपाल राष्ट्रिय दैनिक
  • ५ श्रावण २०७९, बिहीबार १६:१०
janardan

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप गरिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष छानबिन समितिको म्याद ७ दिन थप गर्ने भनि प्रतिनिधिसभामा राखेको प्रस्तावलाई बैठकले अनुमोदन गरेपछि समितिको म्याद ७ दिनको लागि थप गरिएको हो। आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएको र सिमित व्यक्ति र संस्थालाई हित हुनेगरि करको दर हेरफेर गराएको विषयमाथि छानबिन गर्न गठित समितिलाई यस अघि १० दिनको म्याद दिइएको थियो।

समितिले, उपलब्ध गराएको समय सीमामा काम गर्न नभ्याएको र प्रहरीलाई रिकभरिको लागि उपलब्ध गराएको सिसिटिभी फुटेजको प्रतिवेदन पनि आउन समय लाग्ने भन्दै समितिका सचिव सुरेन्द्र अर्यालले समय थप्न आग्रह गर्नुभएको थियो ।

Share :
Bishnu Pradas Paudel

प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ: उपप्रधान एवं अर्थमन्त्री

काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा बोल्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले, पुष्पकमल दाहाल प्रचण्डले कि प्रधानमन्त्री लक्षीत आरोप पुष्टि गर्नुपर्छ कि माफी माग्नुपर्छ भन्ने अभिव्यक्ति दिएका छन्। सरकारलाई विचौलिया र भूमाफिया भनेको भन्दै, सायद प्रचण्ड आफुले शासन गर्दा जे- जसो गर्नुभयो जसको प्राभावमा शासन गर्नुभयो त्यसैलाई सम्झिएर र आधारित भएर बोल्नुभएको हो कि भन्ने लागेको पनि पौडेलले बताएका छन्। आरोप लगाउनेले[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५