मंसिर ४ गते हुने निर्वाचनका लागि दल दर्ताको म्याद आज सकिँदैछ ।
निर्वाचन आयोगले श्रावण २२ गतेदेखि दल दर्ता कार्यक्रम सुरु गरेको थियो ।आयोगले जारी गरेको सूचना अनुसार आज पार्टी दर्ताको अन्तिम दिन हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले आजै कार्यालय समयभित्र दल दर्ता गरिसक्नुपर्ने बताउनुभएको छ । पौडेलका अनुसार श्रावण १९ गतेसम्म आयोगमा दर्ता भएका राजनीतिक दललाई प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दर्ता गर्न दिइनेछ ।
आयोगका अनुसार हालसम्म ६२ दल दर्ता भइसकेको छ । दल दर्ताका लागि निवेदन दिँदा राजनीतिक दलको पूरा र छोटो नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, मेलिङ ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जाल खाता निर्वाचन आयोगले पार्टीको केन्द्रीय कार्यसमिति, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी तथा सदस्य संख्या, पार्टीले आयोगमा वार्षिक लेखापरीक्षण प्रतिवेदन बुझाएको मिति, पार्टीको पछिल्लो निर्वाचनको मिति उल्लेख गर्नुपर्नेछ । दल दर्ताका लागि केन्द्रीय तह र प्रदेश कार्यकारिणी समिति र पार्टीको केन्द्रीय स्तर तथा केन्द्रीय कार्यसमिति, प्रदेश तथा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य संख्या समेत खुलाउनुपर्ने आयोगले जानेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्