एमबीबीएस उत्तीर्ण गरेका ५६ प्रतिशत मात्र एनएमसी लाइसेन्स परीक्षामा पास

  • नेपाल राष्ट्रिय दैनिक
  • February 6, 2024
nepal medical council

काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले सञ्चालन गरेको लाइसेन्स परीक्षामा एमबीबीएस उत्तीर्ण गरेका ५६ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

एनएमसीले सञ्चालन गरेको ६८औँ लाइसेन्स परीक्षा अन्तर्गत मेडिकलमा ५५.९६ प्रतिशत र डेन्टलमा ६१.०५ प्रतिशत सहित कुल ५६ दशमलव ६८ प्रतिशत चिकित्सक मात्र उत्तीर्ण भएको जनाएको छ।

परीक्षामा मेडिकलतर्फ कुल १ हजार ७३७ र डेन्टलतर्फ २ हजार २ सय ८५ परीक्षार्थी सहभागी रहेका थिए । गत वर्ष भएको ६७ औं लाइसेन्स परीक्षामा ४६ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएका थिए ।

परीक्षाको नतिजाबाट सन्तुष्ट नहुने परीक्षार्थीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो नाम र रोल नम्बर स्पष्ट रूपमा उल्लेख गरी एनएमसीको इमेलमा पुन: दर्ताका लागि आवेदन दिन सकिने र त्यस्ता उम्मेदवारहरूले १,५०० रुपैयाँ शुल्क तिर्नुपर्ने एनएमसीले जनाएको छ ।

परीक्षा उत्तीर्ण भएका उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दर्ता प्रमाणपत्र प्राप्त गर्न अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिएको मितिले १५ दिनपछि प्रमाणपत्र तयार गर्ने एनएमसीले जनाएको छ ।

परीक्षामा सामेल हुँदा बायोमेट्रिक हाजिरी, फोटो जाँच, हस्ताक्षर परीक्षण र सङ्कलन प्रमाणपत्र पेश गर्नुपर्ने भएकाले प्रमाणपत्र लिन सम्बन्धित परीक्षार्थी उपस्थित हुनुपर्ने एनएमसीले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५