सत्तारुढ पांच दलका शिर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ३ बुंदे निर्णय गरेको छ।
शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनको सहमति विपरित गठबन्धन दलबाट दर्ता भएको उम्मेद्वारी तत्काल फिर्ता गर्न लगाउने निर्णय गरेको छ। त्यसैगरि गठबन्धनका उम्मेदवार विरुद्ध परेको बागी र स्वतन्त्र उम्मेद्वारी फिर्ता गर्न लगाउने र फिर्ता नगरेको खण्डमा कारवाही गर्ने निर्णय गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्