रुस र युक्रेनबीच हालसम्मकै सबैभन्दा ठूलो संख्यामा कैदीबन्दी साटफेर

  • नेपाल राष्ट्रिय दैनिक
  • January 31, 2024
prisoner exchange russia

रुस र युक्रेनले युद्ध सुरुभएयता हालसम्मकै सबैभन्दा ठुलो संख्यामा कैदीबन्दी साटफेर गरेका छन्।

कैदी साटफेर अन्तर्गत १९५ रुसी सैनिक युक्रेनी नियन्त्रित क्षेत्रबाट घर फर्किएका छन् भने १९५ युक्रेनी सैनिक किभलाई हस्तान्तरण गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।रिहा गरिएका रुसी सेनाहरूलाई उपचार र पुनर्स्थापनाको लागि मस्को लगिने रुसी रक्षा मन्त्रालयले जनाएको छ।

युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि कैदीबन्दी साटफेरको पुष्टि गर्दै २०७ सैनिक घर फर्किएको बताएका छन्। यधपी रुसी रक्षा मन्त्रालयले भने १९५ युक्रेनी सैनिक मात्र फिर्ता गरेको बताएकोमा अन्य १२ कैदीबन्दी कसरी थपिए भन्ने विषयमा कुनै पुष्टि हुन सकेको छैन ।

गत साता हुने भनिएको कैदीबन्दी साटफेर प्रक्रिया यसअघी ६५ युक्रेनी कैदीबन्दी बोकेको रूसी Il-76 विमान आक्रमणमा परेपछि स्थगन हुन पुगेको थियो। रुसले उक्त विमान आक्रमण किभले गराएको भन्दै अनुसन्धानको माग गर्दै आएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५