चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदेश फिर्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • September 15, 2022
Li Zhanshu

चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली नेतृत्वको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएको छ ।

सभामुख अग्नि सापकोटासहितको नेपाली टोलीले आज उहाँहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।

भ्रमणको क्रममा अध्यक्ष लि ले, सभामुख सापकोटा,प्रधानमन्त्री देउवा, राष्ट्रपति भण्डारी लगायत राजनीतिक दलका शिर्ष नेताहरुसंग भेटवार्ता गर्नुभएको थियो।

चिनियाँ टोलीको भ्रमणको क्रममा, चीन र नेपालबीच अन्तरसंसदीय सहयोग सम्बन्धी दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५