मकाउका नयाँ प्रमुख कार्यकारीद्वारा सपथ ग्रहण

  • नेपाल राष्ट्रिय दैनिक
  • December 20, 2024
president xi and macau chief

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले शुक्रबार बिहान मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) का नवनियुक्त प्रमुख कार्यकारी साम हाउ फाईलाई पद तथा गोपनियताको सपथ गराएका छन्।

मकाउ पूर्वी एसियाली खेलकुद डोममा आयोजित एक समारोहमा मकाउ एसएआर को छैटौं कार्यकालको प्रशासनमा सेवा गरिरहेका अन्य प्रमुख अधिकारीहरूले पनि सपथ ग्रहण गरेका थिए।

पदभार ग्रहण गरेपछि, साम हौ फाईले मकाउको “आर्थिक असन्तुलन” लाई सम्बोधन गर्न र त्यहाँका बासिन्दाहरूलाई असर गर्ने मुख्य मुद्दाहरू, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, वृद्ध हेरचाह र शहरी पुनर्विकास लगायतका समस्याहरूलाई सम्बोधन गर्ने आवश्यकतामा जोड दिए।

सपथ ग्रहणपछि सी चिनफिङले सम्बोधन गर्दै सन् १९९९ मा चिनियाँ प्रशासनमा फर्किएपछि मकाउमा भएको ठूलो परिवर्तनको प्रशंसा गर्नुभयो।उहाँले मकाउले विकासको नयाँ क्षितिज खोल्ने र नयाँ गौरवको सिर्जना गरिरहने बताए। “एक देश, दुई प्रणाली” को नीति व्यापक, सही र अटल रूपमा लागू गरिएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले मकाउको मातृभूमि फिर्ता भएको २५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजित भेलामा उक्त टिप्पणी गरेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५