प्रहरी विधेयकमा हेरफेर: १६ वर्षमा पेन्सन, आइजिपीको उमेरहद ६० वर्ष

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2025
nepal police

काठमाडौँ- गृह मन्त्रालयले संसदमा दर्ता गरेको प्रहरी विधेयकमा व्यापक हेरफेर गरेको छ।३० वर्षे सेवाहद हटाउँदै तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सन दिने प्रावधानसहितको प्रहरी विधेयक संसदमा दर्ता भएको छ। त्यसैगरी, विधेयकमा बढुवा समितिले दिने अंक घटाएर कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताबापतको नम्बर बढाइएको छ।

प्रहरीका तल्लो तहका कर्मचारीको मागअनुसार असइ, सइ र वरिष्ठ सइले १८ वर्ष तथा वरिष्ठ हवल्दार र त्योभन्दा तल्लो तहका प्रहरीले १६ वर्ष सेवा अवधि पुगेपछि मासिक निवत्तिभरण आजीवन पाउने उल्लेख छ। तर, सेवामा नियुक्ति भएको मितिले २० वर्ष सेवा अवधि पुगेपछि मात्र निवृत्तिभरण दिइने विधेयकको दफा ५७ मा उल्लेख छ।

त्यसैगरी,विधेयकमा अवकाशको उमेरहद बढाउंदै प्रहरी महानिरीक्षकको उमेर हद ६० वर्ष ,प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकको ५९ वर्ष ,प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकको ५८ वर्ष,प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको ५७ वर्ष,प्रहरी वरिष्ठ नायब निरीक्षक, प्रहरी नायब निरीक्षक र प्रहरी सहायक निरीक्षकको ५४ वर्ष,प्रहरी वरिष्ठ हवल्दा, प्रहरी हवल्दार, प्रहरी सहायक हवल्दार र प्रहरी जवानको ५१ वर्ष र प्रहरी परिचरको ५५ वर्ष प्रस्ताव गरिएको छ।

त्यस्तै, पदावधिको प्रावधान अन्तर्गत आइजिपी र एआाइजीको तीन, डिआइजीको पाँच, एसएसपीको ८ र एसपीको १० वर्ष राखिएको छ भने अन्य पदमा पदावधिको हद तोकिएको छैन।

त्यसैगरी,विधेयकमा बढुवा समितिले दिने अंक घटाएर कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताबापतको नम्बर बढाइएको छ।

यसअघि बढुवामा सय पूर्णांकमध्ये बढुवा समितिले अधिकतम ७.५ अंक दिन सक्ने प्रावधान थियो । त्यसलाई घटाएर ३ अंक राखिएको छ । बढुवा समितिको स्वविवेकी अधिकार धेरै हुँदा बढुवामा चलखेल भएको भन्दै प्रहरीकै प्रस्तावमा सो अंक घटाइएको हो । त्यस्तै, कार्यसम्पादन मूल्यांकन सयमध्ये ५० नम्बर राखिएको छ । यसअघि कार्यसम्पादनको बढीमा ४० सम्म दिन सकिने उल्लेख थियो। ज्येष्ठताबापत २२ अंक रहेकोमा त्यसलाई बढाएर २७ राखिएको छ । शैक्षिक योग्यताबापतको नम्बर घटाइएको छ। यसअघि १० अंक रहेकोमा अब राजपत्र अनंकितलाई ५ र राजपत्रांकित कर्मचारीको हकमा ७ अंक राखिएको छ । तालिमबापतको अंक पनि हेरफेर गर्दै यसअघि ७.५ रहेकोमा राजपत्र अनंकितलाई १० र राजपत्रांकितलाई ५ अंक दिइएको छ । भौगोलिक क्षेत्रमा काम गरेको अनुभवबापतको ८ नम्बर हटाइएको छ भने चुनौतीपूर्ण वा विशेष जिम्मेवारीबापतको ५ नम्बर कायमै राखिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५