अछाम घटनाका दोषीमाथि कारबाही गर्न सभामुखको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ जेष्ठ २०७९, बुधबार १२:०५
AgniSapkota1 800x450 1

अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको छानविन गरि दोषीलाई कारवाही गर्न सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ।

प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले किशोर विनोद शाहीको मृत्यु भएको घटनामा प्रहरीले जाहेरीसमेत लिन नमानेको र लासको पोष्टमार्टम समेत नगरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्न निर्देशन दिनुभएको हो।

स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको विषयमा कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा जेठ १७ गते घटनामा संलग्न एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न खोज्दा झडपको स्थिति सिर्जना भएको र सो घटना लगत्तै शाही बेपत्ता भएको बताइएको थियो । नेकपा एमाले समर्थक परिवारको सदस्य रहेका शाही पछि मृत अवस्थामा भेटिएका थिए। शाही मृत अवस्थामा फेला परेपछि स्थिति तनावग्रस्त बन्दै गएकोले घटनाको अनुसन्धानको लागि सीआईबीको टोली समेत परिचालन गरिएको थियो ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५