अछाममा मृत भेटिएका दुई किशोरीको हत्या भएको पुष्टि

  • नेपाल राष्ट्रिय दैनिक
  • February 1, 2025
achham dhakari kishori hatya prakaran

अछाम —अछाममा मृत भेटिएका दुई किशोरी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले पत्रकार सम्मेलन मार्फत घटनाको विवरण सार्वजनिक गरेको छ।

प्रहरीले हत्याको अभियोगमा ढकारीकै गुरुकुल माविमा कक्षा १० र ८ मा पढ्ने १७ र १५ वर्षका दुई किशोरलाई पक्राउ गरेको छ। प्रहरीको अनुसार इशरा र सरस्वतीको ती किशोरहरूसँग फोन र सामाजिक सञ्जालमा कुराकानी भैरहेको र दुई दिनअगाडिबाट जङ्गलमा भेट्ने योजना रहेको र भेटमा एक युवकले सरस्वतीसँग प्रेम सम्बन्धका साथै यौन सम्बन्धका लागि प्रस्ताव गर्दा युवतीले अस्वीकार गरेपछि ढुंगाले टाउकोमा हानेर हत्या गरेको खुल्न आएको छ।

ढुंगा लागेर सरस्वतीको मृत्यु भएपछि हत्या लुकाउनको लागि इशराको पनि हत्या गरिको खुल्न आएको छ।

प्रहरीले घटनामा दुई किशोरले हत्या गरेको स्विकारेको र अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको भन्दै पोस्टमार्टमको अन्तिम रिपोर्ट र प्राविधिक रिपोर्टहरू आउन बाँकी रहेकाले अनुसन्धान चलिरहने बताएको छ। प्रहरीको नियन्त्रणमा रहेका किशोरहरूलाई जिल्ला अदालत अछामबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५