महाअभियोग सिफारिस समितिको बैठक आज बस्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • August 23, 2022
mahabhiyog samiti jabara

महाअभियोग सिफारिस समितिको बैठक आज दिउँसो २ बजे बस्ने तय भएको छ ।

महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टका अनुसार आजको बैठकमा यसअघिको बैठकमा वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबारामाथिको अध्ययन कार्यतालिका पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा समितिको सभापति चयनको विषय र महाअभियोग उपर कुन दिन के गर्ने, कति दिनमा सक्ने भन्ने बारे छलफल हुने बताइएको छ ।

जिम्मेवारीविपरीतका कार्य गरेको,न्यायालयमा विचलन ल्याएको लगायतका २१ वटा आरोपहरु लगाउँदै गठबन्धन दलका ९८ जना सांसदहरुले हस्ताक्षर गरेर फागुन १ गते प्रतिनिधिसभामा जबरा विरुद्ध महाभियोग दर्ता गरेका थिए।

https://nepalrastriyadainik.com/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%ad%e0%a4%bf%e0%a4%af%e0%a5%8b%e0%a4%97-%e0%a4%b8%e0%a4%bf%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a4%bf%e0%a4%b8-%e0%a4%b8%e0%a4%ae%e0%a4%bf%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b/
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५