अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने ४६ आप्रवाशिको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • १४ असार २०७९, मंगलवार ११:०१
illegal immigrants

SAN ANTONIO, TX - JUNE 27: In this aerial view, members of law enforcement investigate a tractor trailer on June 27, 2022 in San Antonio, Texas. According to reports, at least 46 people, who are believed migrant workers from Mexico, were found dead in an abandoned tractor trailer. Over a dozen victims were found alive, suffering from heat stroke and taken to local hospitals. Jordan Vonderhaar/Getty Images/AFP (Photo by Jordan Vonderhaar / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

अवैध रुपमा अमेरिका प्रवेश गर्ने क्रममा अमेरिका र मेक्सिकोको सीमा अन्तर्गत टेक्सासको सान एन्टोनियोमा ४६ जना मृत आप्रवासीहरूको शव ट्रकको ट्रेलर भित्र फेला परेको छ।

शहरको दक्षिणी बाहिरी भागमा पर्ने दुर्गम क्षेत्रमा रेलमार्गको ट्र्याकको छेउमा रहेको ट्रकको ट्रेलर भित्र उनीहरुको शव फेला परेको स्यान एन्टोनियो फायर डिपार्टमेन्टका एक अधिकारीले जनाएका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ट्रकको ट्रेलर भित्र उच्च तापक्रम र पानीको अभावका कारण उनीहरुको मृत्यु भएको अनुमान गरिएको छ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई हिरासतमा राखिएको प्रहरीले बताएको छ। अमेरिकी अध्यागमनले, होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभागले स्थानीय प्रहरीसँगको समन्वयमा “कथित मानव तस्करी घटना” को अनुसन्धान गरिरहेको पनि जानकारी दिएको छ।

नोभेम्बरमा हुने मध्यावधि काँग्रेस निर्वाचनको संघारमा भएको यो घटनाले,डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिहरू उल्टाउने वाचा गरेका डेमोक्र्याट अमेरिकी राष्ट्रपति जो बाइडेनको सीमा रणनीतिको आलोचना तिब्र रुपमा बढेको छ।

Share :
icc international criminal court

अमेरिकी प्रतिबन्धको निन्दा गर्दै न्याय प्रदान गर्ने काम जारी राख्ने आईसीसीको वाचा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना कर्मचारीहरूमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेपछि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले अमेरिकी सरकारको उक्त कदमको निन्दा गर्दै आफ्नो न्यायिक कार्य जारी राख्ने वाचा गरेको छ। आईसीसीले आफु आफ्ना कर्मचारीहरूको पक्षमा दृढ रूपमा उभिने र आफ्नो र स्वतन्त्र र निष्पक्ष कामलाई अमेरिकी प्रतिवन्धले कुनै प्रभाव नपर्ने बताएको छ। आईसीसीले गाजामा कथित युद्ध अपराधको आरोपमा इसरायाली नेता[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५