धरौटी बुझाए पनि रवि र छवि तत्काल नछुट्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ पुष २०८१, बिहीबार १९:१६
rabi lamichhane

काठमाडौँ- सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा रिहा गर्न काकी जिल्ला अदालतले आदेश दिएको छ।

अदालतको आदेश संगै ठगी प्रकरणका सात आरोपीमध्ये ३ जना धरौटी बुझाएर छुटेका छन् ।आरोपी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई १ लाख, मीना र आरतीलाई ५/५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित सभापति रवि लामिछानेलाई समेत ६५ लाख रुपैयाँ र पूर्व डीआईजी छविलाल जोशीसंग ८८ लाख धरौटी माग गरेको छ। यधपी, अदालतले माग गरेको धरौटी बुझाएमा रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी भने तत्कालका लागि रिहा नहुनसक्ने बताइएको छ । उनीहरुलाई भने अन्य चार जिल्लामा पनि सहकारी ठगीकै मुद्दा रहेकाले उनीहरुले धरौटी बुझाएपछि काठमाडौं ल्याउने तयारी गरिएको बुझिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामबाबु ओलियाले लामिछानेविरुद्ध काठमाडौंमा पनि मुद्दा दायर भएकाले काठमाडौं पठाइने बताएका छन्।

Share :
rabi lamichhane 402x226 1

रवि लगायतका आरोपितको सम्पत्ति रोक्का गर्न अदालतको आदेश

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा रूपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । धरौटीमा छाड्ने आदेशसंगै जिल्ला अदालत रुपन्देहीले रवि लामिछाने लगायत सुप्रिम सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका आरोपितहरूको सम्पत्ति रोक्का राख्न आदेश दिएको छ । न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले थुनछेक बहसपछि रवि लामिछानेसँग एक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५