युक्रेनका राष्ट्रपतिले रुससँगको कुनै पनि शान्ति सम्झौता, रुसी सेनाले आक्रमण अघिको स्थितिमा फर्किने कुरामा निर्भर गर्ने बताएका छन् ।
लन्डन थिंक ट्याङ्कसँग कुरा गर्दै, भोलोडिमिर जेलेन्स्कीले उनले र उनको देशले स्वीकार गर्न सक्ने न्यूनतम शर्त नै त्यहि रहेको बताएका छन्। उनले आफू मिनी युक्रेनको नभएर सिंगो युक्रेनको नेता भएको बताएपनि सन् २०१४ मा रुसद्वारा गाभेको क्रिमियाको भने उल्लेख गरेनन्।
लन्डन हाउस थिंक ट्याङ्कसंगको कुराकानीमा जेलेन्स्कीले रूसले युक्रेनमा आक्रमण गरेपछि उसले कब्जा गरेको क्षेत्र पुन युक्रेनको हुनुपर्ने अर्थात फेब्रुअरी 23 को अवस्थामा फर्किन रुस तयार रहेको खण्डमा मात्र रूस र युक्रेन बीचको युद्ध रोक्न सकिने बताएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्