भारतमा बिजुली निर्यात सुरु

  • नेपाल राष्ट्रिय दैनिक
  • June 2, 2022
electricity urja bijuli

नेपाल विधुत प्राधिकरणले त्रिशूली र देवीघाट जलविधुत केन्द्रको बिजुली भारत निर्यात गर्न सुरु गरेको छ । भारतको प्रतिस्पर्धी ऊर्जा एक्सचेन्ज बजार (आईईएक्स)मा प्रत्येक १५ मिनेटको ‘ब्लक’मा नेपालले आफ्नो बिजुली विक्रीका लागि राखेको छ ।

प्रत्येक ब्लकका बिजुली फरक-फरक मूल्यमा बिक्री हुनेभएपनि भारतले प्रतियुनिट अधिकतम् भारु १२ मा खरिद-विक्री गर्न सक्ने गरी सीमा तोकेको छ । सो अनुअसार नेपाल विधुत प्राधिकरणले अधिकतम् भारू १२ सम्म मूल्य पाउने भएपनि औसत रुपमा प्रतियुनिट ६.२८ भारतीय रूपैयाँ (१० रूपैयाँ ४ पैसा नेपाली रूपैयाँ) सम्ममा बिजुली बिक्री हुने देखिएको छ। प्राधिकरणले कालीगण्डकी ए जलविधुत आयोजनाको बिजुली पनि विक्रीका लागि तयारी गरिरहेको छ।

नेपालले भारतीय बजारमा ३६४ मेगावाटसम्म विधुत बिक्रीका लागि स्वीकृति पाएकोमा २०० मेगावाट विधुत बिक्रीका लागि भारतीय कम्पनीहरुसँग प्रस्ताव माग गरेको थियो । प्राधिकरणले वर्षायाममा नेपालमा खपत गरी जगेडा भएको विधुत भारतमा बिक्री गर्न टेन्डर पनि आह्वान गरेको छ । बढी भएको विधुत ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइन मार्फत निर्यात गर्ने गरि प्राधिकरणले तयारि गरेको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५