संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि विवरण माग

  • नेपाल राष्ट्रिय दैनिक
  • August 6, 2023
pradhanmantri karyalay mantrparishad

श्रावण २१,काठमाडौँ- संवैधानिक परिषद्को बैठकले रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने निर्णय गरेको छ। परिषदको निर्णयसँगै विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदाधिकारी नियुक्तिका लागि विवरण माग गरिएको छ।

आइतबार एक सूचना प्रकाशित गर्दै संवैधानिक परिषद्को सचिवालयले महालेखा परीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्य र मुस्लिम आयोगको सदस्य पदका लागि आवेदन माग गरेको हो ।

संवैधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ। एकभन्दा बढी पदका लागि आवेदन गर्ने भएमा सोको प्राथमिकतासहित छुट्टाछुट्टै फारम भर्नुपर्ने सचिवालयको सूचनामा उल्लेख गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५