आँधीका कारण जापानमा ९० लाख मानिसलाई स्थानान्तरण गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • September 19, 2022
Nanmadol typhoon japan

जापानमा अहिलेसम्मकै सबैभन्दा ठूलो आँधी नान्माडोलको कारण सम्बन्धित क्षेत्रका ९० लाख मानिसलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा स्थानान्तरण हुन जापान सरकारले आग्रह गरेको छ।

सुपर टाइफुन नानमाडोलमा परी अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने करिब ९० जना घाइते भएका छन् ।

आइतवार जापानको सबैभन्दा दक्षिणी टापु, क्युसुमा सुरु भएको आँधी केही दिनमा होन्सुको मुख्य टापु भएर जाने पूर्वानुमान गरिएको छ।

आंधीको कारण दशौं हजार मानिस आपतकालीन आश्रय स्थलमा बसिरहेका छन् भने, आंधी प्रभावित क्षेत्रमा हवाई उडान, रेल सेवा, बिजुली, यातायात लगायतका सम्पूर्ण सेवाहरु अवरुद्ध भएको छ।

कागोशिमा, मियाजाकी, ओइटा, कुमामोटो र यामागुची क्षेत्रका ५००,००० भन्दा बढी मानिसहरूका लागि,जापानको प्रकोप चेतावनी स्केलमा अहिलेसम्मको सबैभन्दा उच्च, पाँच-स्तरको चेतावनी जारी गर्दै, उच्च सतर्कतामा बस्न आग्रह गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५