सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनाउने सत्ता गठबन्धनको निष्कर्ष

  • नेपाल राष्ट्रिय दैनिक
  • २९ श्रावण २०८०, सोमबार १९:५२
satta gathabandhan

काठमाडौँ- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

गठबन्धनको बैठकले, नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति माग्नु अनुसन्धानलाई अझै लम्ब्याउनु मात्र रहेको निष्कर्ष निकालेको, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताएका छन् ।

बैठकले, सिआईबीले छानविन गर्ने काम गरिरहेको अवस्थामा उच्चस्तरीय छानविन समिति बनाउनु भनेको अहिलेको छानविनलाई समेत प्रभावित पार्नु हो भन्ने राय सहितको निष्कर्ष दिएको छ ।९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको विषय भने छानविनको प्रक्रियामा रहेको गृहमन्त्रीले जानकारी दिएका छन् ।

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५