असार १ देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन रोक

  • नेपाल राष्ट्रिय दैनिक
  • June 8, 2022
sadak bibhag

सडक विभागले आगामी असार १ गते देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन रोक लगाएको छ ।

संघीय सडक अनुगमन तथा सुपरीवेक्षण कार्यालय काठमाडौंले सूचना जारी गर्दै असार १ गते देखि भदौ मसान्तसम्म सडक खन्न र भत्काउन अनुमति नदिइने बताएको छ ।वर्षायाममा सडक खन्दा तत्काल मर्मत गर्न नसकिने र सडक पनि थप बिग्रिंदै जाने भएकाले यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ।

विभागको निर्देशन अवज्ञा गरेर जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि विभाले जनाएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५