भारोत्तोलन खेलाडी सञ्जु चौधरीको मृत्यु

  • नेपाल राष्ट्रिय दैनिक
  • May 10, 2022
Sanju 8RSlzfjm9E

भारोत्तोलन खेलाडी सञ्जु चौधरी बन्द कोठाभित्र मृत अवस्थामा भेटिएकी छन्।

भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको लुभुस्थित घरमा उनलाई मृत अवस्थामा पाइएको हो । अघिल्लो दिन मात्र उनी आफ्नो प्रशिक्षकको घरमा भोज खान गएकी र त्यहिँ बसेकी बताइएको छ ।

१९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सहभागी हुन उनि नेपालगञ्जबाट काठमाडौं आएकी थिइन् । कोठामा फ्यान राख्न बनाइएको हुकमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी सञ्जु बसेको कोठा भित्रैबाट बन्द भएको र प्रहरीले घट्नास्थल पुगेर ढोका फोडेको बताइएको छ। प्रारम्भिक अनुसन्धान बाट थप केहि नखुले पनि प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।

नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भारोत्तोलनतर्फ उनले ५९ केजी तौलमा श्रीलंकन खेलाडीलाई हराउँदै स्वर्ण पदक जितेकी थिइन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५