रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले, युक्रेनमा नेटो हतियारको प्रवाह र किभको लागि सैन्य समर्थनले नाटो गठबन्धन र रूसबीच प्रत्यक्ष सैन्य भिडन्तको सम्भावना बढेको बताएकी छन्।
नेटो देशहरूले किभलाई हतियार र गोला बारुद आपूर्ति गर्नुका साथै खुफिया प्रशिक्षण कर्मचारीहरू प्रदान गरेर रुस विरुद्द सैन्य कारवाही कसरी सञ्चालन गर्ने भन्ने योजनामा अगाडी बढीरहंदा यसले नाटो राष्ट्र र रूसबीच प्रत्यक्ष सशस्त्र संघर्षको सम्भावना बढेको उनले बताएकी छन्।
जाखारोभाले पछिल्लो तथ्याङ्क अनुसार युक्रेनका लागि पश्चिमी सैन्य सहयोग ४२.३ बिलियन डलर पुगेको तथ्यमा समेत ध्यानाकर्षण गराएकि छन्।
जाखारोभाले नेटो देशहरू किभ शासनद्वारा गरिएका अपराधहरूमा मात्र सहयोगी नभई आतंककारी गतिविधिहरूको प्रायोजक भएको समेत बताएकी छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्