रूस र बेलारुस भविष्यमा नेटोसँग प्रत्यक्ष द्वन्द्वमा जान सक्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • August 16, 2023
victor khrenin

रूस र बेलारुस भविष्यमा नेटोसँग प्रत्यक्ष द्वन्द्वमा जान सक्ने बेलारूसी रक्षा मन्त्री भिक्टर ख्रेनिनले बताएका छन्।

मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षा सम्मेलनमा उनले,युक्रेनको द्वन्द्व पश्चिम र पूर्व बीचको विश्वव्यापी टकरावमा परिणत भएको चेतावनी दिंदै भविष्यमा नेतोसंग प्रत्यक्ष युद्दमा जान सक्ने सम्भावना बढ्दै गएको बताएका छन्

मस्कोले बेलारुसमा तैनाथ गरेको हतियारलाई लिएर प्रश्न र शंकाहरु उत्पन्न भैरहेको बेला,अमेरिकाले युरोपबाट आफ्नै आणविक क्षेप्यास्त्रहरू र तिनीहरूसँग सम्बन्धित पूर्वाधारहरू हटाएमा मात्र रुसले बेलारुसमा तैनाथ आफ्नो हतियार हटाउने जनाएको छ।

यता,युक्रेनका पश्चिमी समर्थकहरूले भने युक्रेनको द्वन्द्वमा प्रत्यक्ष रूपमा सहभागी नभएको दाबी गरेका छन्, यधपी, युरोप र अमेरिकाले उपलब्ध गराएका लडाकु विमानहरू र लामो दुरीका क्षेप्यास्त्रहरूले नै युक्रेनलाई रूससँगको प्रत्यक्ष झडपलाई उक्साउन मदत गर्दै आएको छ । मस्कोको बारम्बार चेतावनीलाई बेवास्ता गर्दै युक्रेनलाई उपलब्ध गराएको हतियार प्याकेजले अमेरिका र नाटोलाई द्वन्द्वमा सक्रिय सहभागिताको नजिक ल्याएको मस्कोले बताएको छ ।

रुस र युक्रेनको लडाई युक्रेनको भूभागमा पश्चिम र पूर्वबीचको विश्वव्यापी टकरावमा परिणत भएको र युक्रेन प्रोक्सी युद्धले वास्तवमा सिङ्गो ग्रहलाई नै तेस्रो विश्वयुद्धको छेउमा पुर्याएको ख्रेनिनले बताएका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५