काठमाडौंको फोहोर व्यवस्थापनमा सहजीकरण गर्न अनुगमन समिति

  • नेपाल राष्ट्रिय दैनिक
  • August 23, 2022
kathmandu waste management

काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनलाई सहज बनाउन सहजीकरण तथा अनुगमन समिति गठन गरिने भएको छ ।

सहरी विकासमन्त्री मेटमणि चौधरीको संयोजकत्वमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।काठमाडौं, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरु पनि रहने गरि समिति निर्माण गरिने बताइएको छ।

समिति गठनबारे जानकारी दिँदै नेपाली काँग्रेसका नेता गगन थापाले उपत्यकामा फोहोर उठ्न थालेको र समस्या दोहोरिन नदिन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि गर्नुपर्ने काम निरन्तर गरिरहेको र सहमति अनुसारको काम समयमै सम्पन्न गर्न सरकार र सम्बन्धित निकायसँग समान तहमा समन्वय र सहजीकरण गर्ने पनि उहाँले बताउनुभएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५