काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सञ्चालन

  • नेपाल राष्ट्रिय दैनिक
  • ३ आश्विन २०८०, बुधबार १०:३४
druta bus

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौँ उपत्यकामा आजदेखि द्रुत बस सेवा सञ्चालन गरेको छ । रत्नपार्कस्थित शान्तिवाटिकामा आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको को उद्घाटन गरेका छन् ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूका अनुसार द्रुत बस सञ्चालन भएपछि ४०–४५ मिनेटमा रत्नपार्कदेखि सूर्यविनायकसम्म पुग्न सकिनेछ भने द्रुत बस सञ्चालनका लागि ‘लेन मार्किङ’ लगायतका सम्पूर्ण तयारी पूरा भइसकेको छ ।सो सडक खण्डमा बिहीबारदेखि दैनिक २५ वटा द्रुत बस सञ्चालन गरिनेछ।

पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा ३९ भन्दा बढी सिट क्षमता भएका २५ वटा बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन गरिनेछ । द्रुत बस सेवा सञ्चालनका लागि १९ वटा स्टप कायम गरिएको छ र यो बस अन्य सार्वजनिक सवारी रोकिने स्थानमा भने रोकिनेछैनन । द्रुत बस बस सेवा सञ्चालन भएपछि ढिलोमा पनि ४५ मिनेटमा सूर्यविनायकदेखि रत्नपार्कसम्म पुग्न सकिने बताइएको छ।सूर्यविनायक, थिमि, चारदोबाटो, कौशलटार, जडीबुटी कोटेश्वर, शान्तिनगर, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, भद्रकाली, रत्नपार्कलगायत क्षेत्रमा स्टपहरू बनाइएको छ र द्रुत बस स्टपहरूमा रातो रङले मार्किङ गरिएको छ।

द्रुत बस अन्य सार्वजनिक सवारीसाधन जसरी रोकिनेछैनन् । रातो बत्ती बलेका वेला पनि ट्राफिक प्रहरीले ती बसलाई रोक्नेछैनन् । त्यस्तै, ट्राफिक जाम भएका वेला एम्बुलेन्सजसरी दायाँ–बायाँ मोडेर पनि यो बस सञ्चालन गर्न सकिनेछ । यात्रुलाई छिटो गन्तव्यमा पुर्याउने यस बस सेवाको लक्ष्य भएकाले ट्राफिक प्रहरीले पनि अवरोध गर्नेछैनन् ।द्रुत बसको भाडा भने अन्य सार्वजनिक बससरह नै रहनेछ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५