सत्तारुढ दलको गठबन्धनले दबाबमा परेको एमाले

  • नेपाल राष्ट्रिय दैनिक
  • July 19, 2022
kp

Prime Minister KP Sharma Oli addresses the consultation meeting with ministers and secretaries held to discuss the issues of acid attack victims, at his official residence in Baluwatar, Kathmandu, on Thursday, September 10, 2020. Photo: PM's secretariat/Rajan Kafle

स्थानीय तहमा ३४ प्रतिशत मत प्राप्त गरेको नेकपा एमालेले बहुमत प्राप्त गर्न बाँकी १६ प्रतिशतको लागि चुनावी रणनीति तयार गरिरहेको बेला , प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि गठबन्धन गरेरै जाने सत्तारुढ दलहरुको निर्णयले नेकपा एमाले यतिखेर दबाबमा परेको छ।

सत्तारुढ गठबन्धनसँग एक्लै भिड्ने तर सत्ता प्राप्तिका लागि मात्र कसैसंग गठबन्धन नगर्ने बताउंदै आएको नेकपा एमाले यतिखेर सर्तसहित तालमेल गर्ने पक्षमा देखिएको छ। सत्तारुढ दलहरुले संघ र प्रदेशको निर्वाचनमा पनि चुनावी तालमेल गर्ने संकेत पाएको एमालेले लोकतन्त्र र राष्ट्रियतालाई बलियो बनाउने उद्देश्यमा सहमत हुने जुनसुकै शक्तिसँग तालमेल गर्ने नीति अघि सारेको छ। एमालेले पार्टीको जनाधार बलियो भएको ठाउँमा एक्लै लड्ने र बाँकी क्षेत्रमा गठबन्धनलाई हराउन सक्ने गरि तालमेल गर्ने रणनीतिमा अघि बढ्ने संकेत गरको छ।

काँग्रेससंगको गठबन्धन तोडेर आए पुन वामपन्थी दलहरुबीच एकता गर्न सक्ने भन्दै अनौपचारिक छलफल गर्दै आइरहेको नेकपा एमालेले सात वटै प्रदेशमा निर्वाचन लक्षित प्रशिक्षण पनि सुरु गरेको छ ।नेकपा एमाले एकातर्फ पार्टी प्रवेश र निर्वाचन लक्षित प्रशिक्षणलाइ अगाडि बढाईरहेको छ भने अर्को तर्फ नेकपाबाट छुट्टीएर गएका एकीकृत समाजवादी र माओवादीका दोश्रो पंक्तिका नेताहरूलाई फिर्ता बोलाउने प्रयासमा समेत रहेको छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५