नुवाकोटको बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर फ्याँक्ने विषयलाई लिएर स्थानीय बासिन्दाले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
उपत्यकाको फोहोर सिस्डोल र बञ्चरेडाँडामा फाल्ने विषयमा विभिन्न मागहरु सम्बोधन गर्नेगरी काठमाडौँमा सहमति भएपनि स्थानीय बासिन्दाले अवरोध गरेपछि मंगलबारबाट प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो। तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरी र स्थानिय बासिन्दाबीच झडपको स्थिति सिर्जना भएको हो।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्