त्रिचन्द्र कलेज पुनर्निर्माणको माग गर्दै काठमाडौंमा प्रदर्शन

  • नेपाल राष्ट्रिय दैनिक
  • June 14, 2022
trichandra a

भूकम्पले क्षतिग्रस्त काठमाडौंको त्रिचन्द्र कलेज पुनर्निर्माणको माग गर्दै कलेजका विद्यार्थीहरु आज कलेज अगाडिको सडकमा प्रदर्शनमा उत्रिएका छन् ।

लामो समयदेखि जीर्ण कलेजको भवन पुनर्निर्माण र स्तरोन्नति हुन नसकेको विरोधमा मंगलबार कलेज अगाडि विद्यार्थीहरु जम्मा भएर सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन्। ठाउँ-ठाउँमा भिउ टावर बनाउन सक्नेले एतिहासिक महत्व बोकेको कलेज जस्तो संवेदनशील क्षेत्रलाई वेवास्ता गरेको भन्दै विद्यार्थीहरुले सरकारको आलोचना गरेका छन्।

विद्यार्थीले कलेज अगाडिको सडकमा आधा घण्टासम्म किताब पढेर विरोध गरेका थिए । विरोध प्रदर्शनको क्रममा उनीहरुले ‘त्रिचन्द्र बचाउ, घण्टाघर बचाउ’, ‘इतिहास ढल्दै छ, सरकार मौन’ जस्ता नारा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए।

trichandra student
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५