विनोद शाही मृत्यु प्रकरणमा सीआईबी अनुसन्धान

  • नेपाल राष्ट्रिय दैनिक
  • June 5, 2022
Central Investigation Bureau of Nepal Police

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाही मृत्यु प्रकरणमा अनुसन्धानका लागि सीआईबीको टोली परिचालन गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको विषयमा कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा जेठ १७ गते घटनामा संलग्न एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गर्न खोज्दा झडपको स्थिति सिर्जना भएको र सो घटना लगत्तै शाही बेपत्ता भएको बताइएको थियो । नेकपा एमाले समर्थक परिवारको सदस्य रहेका शाही पछि मृत अवस्थामा भेटिएका थिए। शाही मृत अवस्थामा फेला परेपछि स्थिति तनावग्रस्त बन्दै गएकोले घटनाको अनुसन्धानको लागि सीआईबीको टोली परिचालन गरिएको हो।

सीआईबीको टोली तालिम प्राप्त कुकुरसहित अनुसन्धानमा खटिएपछि आन्दोलित भएका स्थानीयले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिने जानकारी दिएका छन् । घटनाको अनुसन्धानका लागि सीआईबीका अतिरिक्त छिमेकी बाजुरा र डोटीबाट समेत प्रहरी टोली खटिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५