सिट बाँडफाँडमा विना निष्कर्ष टुंगियो गठबन्धनको बैठक

  • नेपाल राष्ट्रिय दैनिक
  • September 11, 2022
gathabandhan

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सिट बाँडफाँडका लागि भएको छलफल निष्कर्षविहीन भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेता र कार्यदलको बैठकमा सिट बाँडफाँडका विषयमा सहमति हुन सकेन ।

गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच आगामी निर्वाचनमा समन्वय गर्ने सहमति भएपनि अहिलेसम्म सिट बाँडफाँडको विषयमा सहमति हुन सकेको छैन । दर्जनौं छलफल भए पनि कुन दलले कति सिट पाउने भन्ने टुंगो लागेको छैन ।

गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिट दाबी गरेको छ । सबै दल आ–आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भएको नेताहरुको भनाइ छ । महिनौंसम्म सिट बाँडफाँडमा सहमति हुन नसके पनि गठबन्धन टुट्ने सम्भावना नरहेको नेताहरुले बताएका छन्।

समानुपातिकतर्फका उम्मेदवारको नामावली बुझाउने मिति नजिकिँदै गर्दा सिट बाँडफाँड टुंगो लगाउन दलहरुमाथि दबाब बढ्दै गएको देखिन्छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५