प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने बताइएको छ।
बिहीबार संसद् सचिवालयमा पत्र पठाएर विश्वासको मतका लागि कार्यसूची व्यवस्थापन गर्न निर्देशन दिइएको र कार्यसूचीको तयारी भइरहेको संसद् सचिवालयले जनाएको छ।
संविधानको धारा १००(२) मा ७६(२) बमोजिमको मिलिजुली सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ । प्रावधान अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत जित्नको १३८ मत प्राप्त गर्नुपर्नेछ।
पुस १० गते एमाले, माओवादी, रास्वपा, राप्रपा, जनमत, जसपा, नागरिक उन्मुक्ति र तीनजना स्वतन्त्र गरी एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा बनेको सरकारबाट राप्रपा र एमालेले समर्थन फिर्ता लिएको थियो ।
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्