काठमाडौं – सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेटवे प्रकरणमा नेपाल टेलिकमका तत्काली प्रवन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल पक्राउ परेका छन्।
राष्ट्रिय पेमेन्ट गेटवे प्रकरणमा अख्तियार दुरुपयोग अन्सन्धान आयोगको टोलीले उनीहरूलाई पक्राउ गरेको बताइएको छ। अख्तियारले सुनिलविरुद्ध २३ करोड २७ लाख ५८ हजार ७७ रुपैयाँ बिगो र १३ वर्ष कैद मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ।
त्यस्तै सेक्युरिटी प्रेसका लागि आवश्यक विधुतीय पूर्वाधार खरिदमा झन्डै ७० करोड भ्रष्टाचार भएको भन्दै अख्तियारको टोलीले विकल पौडेललाई पक्राउ गरेको हो। अख्तियारले पौडेलविरुद्ध बिगो ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ बिगो र तीन वर्ष कैद सजायको मागदाबी गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्